कतिपय युवा ४० लाख रूपैयाँसम्म खर्च गरेर भए पनि युरोप र अमेरिका जान तयार छन् । त्यसैलाई मानव तस्करले आफ्नो आम्दानीको स्रोत बनाइरहेका छन् । युरोप अमेरिका लैजाने भन्दै मानव तस्करको सञ्जालले द्वन्द्वग्रस्त मुलुकको बाटो हिँडाउँदा कतिपयको ज्यानै गएको छ भने कतिपय बीचैमा फसेका छन् । यतिखेर लिबियामा एक दर्जनभन्दा बढी युवा फसेका छन् ।
क्यानाडाको नागरिकता लिएका नेपाली सुदर्शन गौतमले द्वन्द्वग्रस्त मुलुक हाइटीको रुट प्रयोग गरेर मानव तस्करी गरेको भेटिएपछि उनीविरुद्ध केही दिनअघि इन्टरपोलमार्फत रेड नोटिस जारी भएको छ । नेपालमा फिल्म समेत बनाउने सुदर्शनले दुई वर्षअघि तीन महिलालाई हाइटीबाट समुद्रको बाटो हुँदै अमेरिका पुर्याउने भनेर लगेका थिए । हाइटीबाट हिँडेपछि बीचमै पानी जहाज बिग्रिएर दिशाहीन भयो । २ दिनको खाना बोकेर गएका उनीहरूको १० दिनसम्म उद्धार भएन । त्यही क्रममा समीक्षा कुँवरको ज्यानै गयो र उनको शव समुद्रमा फालिएको थियो । गौतमको समूहका लोकबहादुर पुन, सुरज काफ्ले र अनिल बानियाँ अहिले जेलमा छन् ।
युरोप जाने प्रलोभनमै १२ जना युवा दुबइ हुँदै लिबिया पुगेपछि अलपत्र परेको जानकारी महानगरीय प्रहरी अपराध महाशाखामा आएको छ । द्वन्द्व बढेकाले लिबियामा अहिले अन्तर्राष्ट्रिय उडान नै बन्द छ । सन्तोष पराजुलीको समूहले पाकिस्तानी र अन्य अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर पठाएका १२ जनामध्ये ओम गुरुङ र सुरेश केसी मात्र सम्पर्कमा छन् ।
मानव तस्करले युरोप र अमेरिका जान आफ्नो सम्पर्कमा आउने युवासँग जनही ४० लाख रुपैयाँसम्म असुलेका छन्। तर तस्करलाई रकम बुझाएका भरमा न युरोप-अमेरिका पुग्ने सुनिश्चत हुन्छ, न त त्यहाँ पुगेपछि रोजगारीको नै। यसैले आफूलाई जोखिममा पर्न नदिन आफैं सचेत हुनुपर्ने देखिन्छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

लिबियामा एक दर्जनभन्दा बढी युवा अलपत्र । Kantipur Samachar news headlines uk | |
23 Likes | 23 Dislikes |
1,192 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 2 May 2019 |
Không có nhận xét nào:
Đăng nhận xét