उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । बैशाख २३ गते एकीकृत दल समाजवादी पार्टी नेपालको घोषणा गरिने छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति पार्टी र बहालवाला उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिमा एकीकृत पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकको समृद्धिका लागि भूमिका खेल्ने उल्लेख छ। नयाँ पार्टीमा पहिलो वरियताको अध्यक्षमा भट्टराई र केन्द्रीय कार्यसमिति हेर्ने कार्यकारी अध्यक्षको भूमिकामा यादव रहने गरी सहमति भएको जनाइएको छ । दुवै दलले वार्ता टोली गठन गरेर एकताका लागि लामो समयदेखि गृहकार्य गर्दै आएका थिए । फोरमका अध्यक्ष यादवले विचार र एजेन्डा दुवै मिल्नेसँग एकता र एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्दै जाने नीति रहेको बताए । दुवै दलबीच गत वर्षको अाम निर्वाचनअघि नै एकताको पहल भएको थियो । त्यतिखेर वरिष्ठ नेताको मर्यादाक्रममा कुरा नमिल्दा एकताको पहल नै तुहिएको थियो । अहिले भने यही वैशाखमा तय गरिएको महाधिवेशन सारेर पहिले एकता महाधिवेशन गर्ने फोरमले जनाएको छ। लामो गृहकार्यपछि एकता सम्भव भएको नेताहरूले जनाएका छन् । सत्ता र विपक्षी कित्तामा बाँडिएका दुइ दल बीचको एकतासंगै फोरम सरकारमा बस्ने कि विपक्षमा भन्ने बहस सुरु भएको छ । नयाँ शक्ति पार्टीले भने त्यसबारे एकता घोषणा पछि छलफल हुने बताएको छ । संघीय संसदमा फोरमको १६ सिट र नयाँ शक्तिको एक सिट छ । प्रदेश दुइमा फोरमकै नतृत्वमा सरकार छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

समाजवादीको नेतृत्व : वरीयतामा भट्टराई अगाडि, यादव कार्यकारी |Kantipur Samachar news headlines uk | |
30 Likes | 30 Dislikes |
2,200 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 4 May 2019 |
Không có nhận xét nào:
Đăng nhận xét