संसद र संसदीय समितिका बैठक र छलफललाई बेवास्ता गरी सांसदहरू दातृ निकायका कार्यक्रममा हिँड्नु स्वाभाविक भइसकेको छ । हुँदाहुँदा संसदीय समितिका बैठक र छलफल समेत दातृ निकायका आयोजनामा होटल र रिसोर्टमा हुन थालेका छन् ।
वैशाख ६ देखि ८ गतेसम्म काभ्रेको धुलिखेलमा संसदको सार्वजनिक लेखा समितिले विज्ञहरूसँग दुई दिने सम्मेलन गर्यो । सम्मेलन संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूनडीपी) को सहजीकरणआर्थिक तथा प्राविधिक सहयोगमा भएको थियो । दुई साताअघि संसदकै विकास तथा प्रविधि समितिले पनि धुलिखेलमै यूनडीपीको सहयोगमा सम्मेलन गरेको थियो । त्यस्तै, डेड महिनाअघि सूदूरपश्चिमका विभिन्न जिल्लामा छाउपडी प्रथा अध्ययन गर्न पनि संसदको महिला तथा सामाजिक समितिको टोली यूएनडीपीकै आर्थिक सहयोगमा गएको थियो । विभिन्न दातृ निकाय र एनजीओको सहयोगमा संसदीय समितिका बैठक र छलफल नै होटल र रिसोर्टमा राख्नु संसदका पदाधिकारी भने स्वाभाविक ठान्छन् । कानुन निर्माणमा खटिनुपर्ने र सरकारका काम कारवाहीको निगरानी गरी निर्देशन दिने नागरिकको सर्वोच्च संस्थामा दातृ निकायको संलग्नताले सार्वभैमसत्ताको प्रयोग र कानून निर्माणमै असर गर्न सक्ने विज्ञ बताउँछन् । सामान्य अनुगमन, भ्रमण र सभा सम्मेलनका लागि विदेशीको सहायता लिनुपर्ने अवस्था संसदीय समितिको छैन । तर पहिलो संविधानसभादेखि नै संसद सचिवालयले यूएनडीपीसँग मिलेर परियोजना नै चलाएको छ । पछिल्लोपल्ट यूनडीपीले सन् २०२२ सम्मका लागि करिब ६० करोड रूपैयाँ बराबरको ५ वर्षे परियोजना चलाइरहेको छ र संसद सचिवालयलाइ थाहै नदिइ समितिपिच्छेका सभापति, सदस्य र सचिवसँग मिलेर बाहिर बाहिरै होटल र रिसोर्टमा कार्यक्रम गरिरहेको छ । अहिले राष्ट्रियसभा र प्रतिनिधि सभामा गरी १६ वटा संसदीय समिति छन् । दातृ निकायसँग यी समितिका पदाधिकारीको अस्वाभाविक हिमचिम उनीहरूकै ओहोदा र गरिमाका लागि पनि सुहाउने खालको छैन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

संसदीय समितिका बैठक र भेला होटल र रिसोर्टमा | Kantipur Samachar news headlines uk | |
7 Likes | 7 Dislikes |
289 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 22 Apr 2019 |
Không có nhận xét nào:
Đăng nhận xét